राष्ट्रपति भण्डारी आइसल्यान्डमा

काठमाडाैं | कात्तिक २३, २०७९

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् ९डब्लुपिएल०’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुग्नुभएको छ ।

 

यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उहाँ मङ्गलबार आइसल्यान्ड पुग्नुभएको डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त फोरम डब्लुपिएल, आइसल्यान्ड सरकार र आइसल्यान्ड संसद्द्वारा आयोजना गरिएको हो ।

 

राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल राजदूत एस्ट्रिड ब्रेक्कन र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गर्नुभएको सो विज्ञप्तिमा उल्लेख छ ।

 

यसअघि राष्ट्रपतिलाई दोहा विमानस्थलमा कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकाल तथा अन्य अधिकारीहरुका साथै कतारको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

 

त्यस्तै जर्मनीको फ्राङ्कफर्टमा राष्ट्रपतिलाई जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको परराष्ट्र मन्त्रालयका प्रोटोकल अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

 

राष्ट्रपति भण्डारीले आज अपराह्न रेक्जाभिक ग्लोबल फोरममा सम्बोधन गर्नुहुने र डब्ल्युपिएल ट्रेलब्लेजर अवार्ड–२०२२ ग्रहण गर्नुहुने कार्यक्रम रहेको सो विज्ञप्तिमा जनाइएको छ ।

 

राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्